Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान कार्यान्वयन र नयाँ निर्वाचनका लागि सरकार प्रतिबद्ध रहेको र त्यसका लागि आवश्यक तयारीमा जुटेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस सेन्टर नेपाल केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै दाहालले संविधान कार्यान्वयनका लागि नै वर्तमान सरकार गठन भएकाले सोही दिशामा लागेको छ भन्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो,‘हुँदै नभएका र सोच्दासमेत नसोचेका विषय प्रचार गरेर सरकारको ओज घटाउने काम भइरहेको छ, सरकार आफ्नो लक्ष्यमा प्रतिबद्ध छ, बाहिर कसले के भन्यो भन्दा पनि सरकारले के गर्‍यो भन्ने विषय नै प्रमुख हो ।’ Prachanda

प्रधानमन्त्री दाहालले मुलुकको समस्या समाधान गर्ने पवित्र लक्ष्यका साथ काम गर्दा जता पनि अप्ठ्यारो मात्रै पार्ने प्रवृत्तिका साथ केही शक्ति लागेको छ भन्दै आफूले देश र जनताको हितभन्दा अरु केही नसोचेको बताउनुभयो ।

सञ्चार माध्यमले नाम बिगारे 
सञ्चार माध्यमले आफ्नो नाम बिगारेर प्रस्तुत गर्ने गरेकामा प्रधानमन्त्रीले आपत्ति समेत जनाउनुभयो । ‘मेरो राहदानी, नागरिकता, राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र, मन्त्रिपरिषद्को बैठकमा गर्ने हस्ताक्षर, प्रमुख राजनीतिक दलको बैठकमा गर्ने हस्ताक्षरमा समेत ‘प्रचण्ड’ लेख्ने गरेको छु । तर सञ्चार माध्यमले किन मेरो नाम बिर्गाछ यो मैले बुझ्न सकेको छैन’ प्रधानमन्त्रीले भन्नुभयो ।

उहाँले प्रचण्ड क्रान्ति, परिवर्तनको नाम भएकाले केही सञ्चार माध्यमलाई स्वीकार गर्न गाह्रो भएको बताउनुभयो । सरकारी सञ्चार माध्यमले समेत आफ्नो नाम बिगारेको भन्दै उहाँले सूचना तथा सञ्चारमन्त्रीलाई किन त्यस्तो भइरहेको छ भन्दै तत्काल निरुपण गर्न निर्देशन पनि दिनुभयो ।

प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको अध्यक्षतामा बसेको बैठकमा साङ्गठिनक र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि चाल्नुपर्ने कदम लगायत विषय समेटिएको सहमहासचिव विष्णु सापकोटाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया