Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – संघीय समाजवादी फोरम नेपालका युवा नेता दुर्गामणि सुवेदीले एमालेले अवरोध गरेपनि संसद्मा संविधान संशोधनको मस्यौदा दर्ता नरोकिने बताउनुभएको छ । durga-sudedii

संशोधन दर्ता मात्रै होइन एमालेले असहयोग गरेपनि संशोधन प्रस्ताव समेत संसद्मा पारित हुने उहाँको जिकीर थियो । काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै सुवेदीले भन्नुभयो, ‘एमालेको अवरोधले संशोधन दर्ता कुनै पनि हालतमा रोकिँदैन, संसद्मा गणितीय संख्याले संशोधन नरोकिने अवस्था देखे पछि एमाले आत्तिएको मात्रै हो ।’

एमालेले आफ्नो पतनको आत्मघाती बाटो नरोज्ने हो भने संशोधनमा उसले सहयोग गर्नुको विकल्प नभएको ठोकुवा पनि गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले पाँच पटक भाका सारेर पनि संशोधन प्रस्ताव संसद्मा प्रस्तुत गर्न ढिलाई गरेकोप्रति उहाँले असन्तुष्टि जाहेर पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया