Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

टोकियो – यही नोभेम्बर २७ देखि डिसेम्बर पाँच तारिखसम्म जापानमा हुने विशेष कार्यक्रममा भाग लिन नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र राजन केसी जापान आउनु हुने भएका छ । oliji-more-alert-and-work-motif-nagarnush-poudel

जापान सरकारको निमन्त्रणामा नेता पौडेलसंगै नेपाली काँग्रेसका काठमाडौं क्षेत्र नं. १० का सांसद राजन केसी र नेता पौडेलका स्वकिय सचिव चिरञ्जीवी अधिकारी समेत उक्त भ्रमणमा सहभागी हुनुहुने कार्यक्रम छ । नेपाली जनसम्पर्क समिती जापानका प्रबक्ता सुरेश गिरीका अनुसार जापान भ्रमणमा नेता पौडेलले जापानको परराष्ट्र मन्त्रालयको विशेष भेटघाट कार्यक्रम सहित जापानको विकास निमार्णका योजनाहरुको अवलोकन गर्नुहुने छ ।

प्रबक्ता गिरीले समुद्रपारिलाई दिएको जानकारी अनुसार जनसम्पर्क समितीको आयोजनामा डिसेम्बर १ का दिन नेपाली  मुरा हल सोलमा जापानवासी नेपाली सहित पार्टी सम्बद्ध कार्यकर्ताहरुसंग विशेष भेटघाट र अन्तरक्रियाको आयोजना समेत गरिने छ ।

आयोजकका अनुसार कार्यक्रम नेपाली जनसम्पर्क समिती जापानका बिबादित पक्षलाई समेत समेटेर संयुक्त गर्न पहल भइरहेको छ ।

तपाईको प्रतिक्रिया