Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – महिला एसिया कप क्रिकेटमा नेपालले खराब सुरुवात गरेको छ । एसीसी महिला एसिया कप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नै नेपाल पराजित भएको हो । 14801516811480081566crikeee

थाईल्याण्डमा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाललाई टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तानले ९ विकेटले हरायो । खेलमा नेपालले दिएको ४८ रनको झिनो चुनौती पाकिस्तानले १० ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो । पाकिस्तानका लागि आयशा जाफरले २६ रन जोडिन् भने जाभेरिया खानले अविजित १६ रन जोडिन । यसअघि खेलमा पहिले ब्याटिङ गरेको नेपालले १८ ओभर १ बल क्रिजमा टिक्दै ४७ रन मात्रै बनाएको थियो ।

कमजोर ब्याटिङ गरेको नेपालका लागि रुबिना क्षेत्री बेलबासेले ११ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । प्रतियोगिताको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकासँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित ६ राष्ट्र सहभागि छन् ।

आयोजक थाइल्यान्ड र नेपालसँगै टेष्ट मान्यता प्राप्त राष्ट्रहरु भारत, पाकिस्तात, बंगलादेश र श्रीलंका भिडिरहेका छन् ।

तपाईको प्रतिक्रिया