Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

पर्सा – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नभएको बताउनुभएको छ । jhalnath

प्रेस चौतारी नेपाल पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले सरकारले ल्याउन लागेको संशोधन प्रस्तावलाई मधेसी मोर्चाका नेताले नैं अस्वीकार गरेपछि प्रस्तावको औचित्य नै समाप्त भएको बताउनुभयो । उहाँले संविधान सभाबाट पारित भएको संविधानलाई लिएर मधेसी जनतामा कुनै समस्या नभएको, तर मधेसवादी दल र तिनका कार्यकर्तामा समस्या देखिएको बताउनुभयो ।

नेता खनालले अहिले मुलुकलाई संविधान संशोधन भन्दा पनि संविधान कार्यान्वयनको आवश्यकता रहेको र यसका लागि काँग्रेस, एमाले र माओवादी केन्द्र बीच एकता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

आजै नेता खनाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलले वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविर अन्तर्गत तेस्रो दिनको उद्घाटन पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया