Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – नेपाल र जापानबीच मैत्रिपूर्ण सम्बन्धको ६० वर्ष पुगेको अवसरमा काठमाडौंमा ‘जापान फेष्टिवल २०१६’ आयोजना गरिएको छ । जापानीज एसोसियसन अफ नेपाल र गैर आवासीय नेपाली संघ जापानको संयुक्त आयोजनामा काठमाडौंको टुडिखेलमा फेष्टिवलको आयोजना गरिएको हो । japan-festival

फेस्टिवलको वाणिज्य मन्त्री रोमी गौचन थकाली, एनआरएन उपाध्यक्ष भवन भट्ट, प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपालका लागि जापानी राजदुत मासासी ओगावा, एनआरएन जापानका उपाध्यक्ष सुदन थापा र जापानीज एशोशियसन अफ नेपालका उपाध्यक्ष हिदेआको थाकादा लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । फेस्टिबलमा जापानीहरुले जापानी सँस्कृतिको प्रस्तुति र नेपालीले नेपाली सँस्कृतिको विशेष प्रस्तुति देखाएका छन् । साथै, जापानमा लोकप्रिय रहेको केन्दो, कराँते लगायतका खेल र जापानीबीच प्रख्यात बोन ओदारी नृत्य पनि प्रस्तुत गरिने आयोजक समितिका उपाध्यक्ष थाकादाले समुद्रपारिलाई जानकारी दिनुभयो । japan-festival

विभिन्न १७ वटा स्टलहरु रहेको फेष्टिवलमा जापानीज खानाका परिकारहरुको स्टल पनि राखिएको छ । फेस्टिबलको उद्घाटन गर्दै वाणिज्य मन्त्री थकालीले सम्बन्धको ६० औं वर्ष पुगेको अवसरमा नेपाली नागरिक र जापानी नागरिकहरुलाई बधाई तथा शुभकामना दिँदै नेपाल र जापान विचमा धेरै कुरामा समानता भएकाले सम्बन्ध झनै प्रगाढ बन्दै गएको बताउनुभयो । साथै जापान सरकारले नेपालमा गर्दै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयोे । यसै अवसरमा जापानी राजदुत मासासीले सरकार–सरकार जनता–जनता विचको सम्बन्ध अझ गाढा र बृहत्तर बन्ने अपेक्षा गर्नुभयो । जापानले पनि नेपाललाई असल मित्रका रुपमा लिएको जानकारी पनि उहाँले गराउनुभयो । 15218229_1409367322416185_1092946774_n

एनआरएन जापानका अध्यक्ष सुदन थापाले जापानमा गरेका विभिन्न कार्यक्रमहरुको जानकारी गराउँदै नेपालको राजधानी काठमाडौंको टुडिखेलमा फेस्टिबलको आयोजना गर्ने पाउँदा खुसी लागेको बताउनुभयो । आयोजक समितिका उपाध्यक्ष थाकादाले जापानको संस्कृती आदानप्रदान गर्नेका लागी फेस्टिबलको आयोजना गरिएको बताउनुभयो । फेस्टिबलमा विहान ११ बजेदेखि सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फेस्टिबल एक दिनका लागि आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया