Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माक्र्सबादीका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद शर्मा ज्ञवालीको ८० वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मृगौला सम्बन्धि रोगले पीडित उहाँको बाँके नेपालगन्ज–१३ मा आफ्नै निवासमा शनिबार बिहान २ बजे निधन भएको उहाँका छोरा दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

लामो समयदेखि मृगौला सम्बन्धि रोगले पीडित रहनुभएका उहाँ भारतको लाखनौमा उपचार गरी फर्के लगत्तै मृगौलाको डाईलासिस गर्नपर्ने अवस्था आएकोले कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डाईलोसिस गरेर फर्केको केही समयमा नै उहाँको निधन भएको हो ।

१९९३ साल असारमा गुल्मीको बलेटक्सार–३ मा जन्मिएका ज्ञवालीले २०१३ सालमा नेपाल कम्यूनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नूभएका उहाँ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलालसँग लामो समय काम गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया