Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

इरान – इरानमा रेल दुर्घटना हुँदा कम्तिमा ३५ जनाको ज्यान गएको छ । राजधानी तेहरानबाट दुई सय ५० किलोमिटर पूर्व सेमनान प्रान्तमा दुईवटा रेल ठोक्किएर भएको दुर्घटनामा ७० जना भन्दा धेरै घाइते भएका छन् ।

दुर्घटनामा एउटा रेलको चारवटा डिब्बा रेलबाट उछुट्टिएको छ । यस्तै दुईवटा डिब्बामा आगो लागेको बिबिसीले जनाएको छ । निकै चिसो र ग्रामीण क्षेत्र भएकाले उद्धारको काम प्रभावित भएको सरकारी अधिकारीले बताएका छन् ।

राष्ट्रपति हसन रुहानीले दुर्घटनाको कारण पत्तालगाउन जाँचको आदेश दिनुभएको छ । राजधानी तेहरान र माशहाद जोड्ने रेलवे लाइनमा दुर्घटना भएको हो ।

चिसोका कारण यन्त्रले काम गर्न छोडेपछि रेलवे लिकमै रोकिएको रेलसँग अर्को रेल ठोक्किएर दुर्घटना भएको स्थानीय अधिकारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया