Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – एसिया कप क्रिकेट अन्तर्गतको पहिलो खेलमा नेपाली महिला टिमले आज टेष्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानविरुद्ध खेल्ने भएको छ ।  थाइल्याण्डमा हुने खेल नेपाली समयअनुसार दिउसो दुई बजेपछि शुरु हुनेछ ।

एसिया कप महिला क्रिकेटमा आयोजक थाइल्याण्डसँगै नेपाल तथा एसियाका टेष्ट खेल्ने चार राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् ।

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगिताको दोस्रो खेलमा नेपालले नोभेम्बर २८ मा श्रीलंका, २९ मा बंगलादेश, डिसेम्बर १ मा थाइल्याण्ड र डिसेम्बर २ मा भारतसँग खेल्नेछ ।

नेपाल गत असोजमा भएको ग्लोबल छनोटमा दोस्रो हुदै एसिया कपको लागि योग्य भएको थियो ।

तपाईको प्रतिक्रिया