काठमाडौं – विश्व फुटबल बरियतारियतामा नेपाल पाँच स्थान माथि उक्लिएको छ ।
विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल पाँच स्थान माथि उक्लिदै १ सय ८१ औं स्थानमा पुगेको हो । पछिल्लो समयका खेलहरुमा राम्रो प्रदर्शन गर्दै आएको नेपाली फुटबल टोलीले एक हप्ता अघि मलेसियामा भएको एएफसी सोलिडारिटी कप फुटबलको उपाधी पनि जित्न सफल भएको थियो ।
दक्षिण एसियामा भने नेपाल पाँचौ स्थानमा छ । फिफामा १ सय ३७ औं स्थानमा रहेको भारत पहिलो स्थानमा छ भने अफगानिस्तान दोस्रो, माल्दिभ्स तेस्रो तथा भुटान चौथो स्थानमा छन् । यस्तै, बंगलादेश छैठौँ, श्रीलंका सातौँ र पाकिस्तान पुछारमा छ ।
विश्व बरियताको पहिलो स्थानमा अर्जेन्टिना कायमै छ भने ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ ।