Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

रुपन्देही  – पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको माग गर्दै आन्दोलन गर्ने बताउनुभएको छ ।

पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था विना मुलुकमा लोकतन्त्रको संरक्षण, राष्ट्रियताको संरक्षण र विकास सम्भव नभएको उहाँको भनाई छ ।

नेपाल प्रेस सोसाइटीले बिहीबार रुपन्देहीको सैनामैनामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधान संशोधनमा पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई समेट्न सरकारलाई आग्रह गर्नुभयो ।

संविधानमा नसमेटे मंसिर पुुसदेखि अभियानको रुप लिएर आन्दोलनमा अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले राज्य पुनर्संरचना समिति र आयोगको प्रतिवेदन अनुसार संघीयताको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया