Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – गृह मन्त्रालयले नियम विपरित २५ जना प्रमुख जिल्ला अधिकारीहरुलाई काज सरुवा गरेको छ ।

सरुवाका लागि सामान्य प्रशासन मन्त्रालयको सहमति लिइनसकेकाले गृहले सरुवाको निर्णय पनि गोप्य राखेको छ । सामान्य प्रशासन मन्त्रालयले भने आफूलाई सरुवाबारे कुनै जानकारी नभएको जनाएको छ । Home_ministry_nepal-650x250

यद्यपी गृहले अहिले काज सरुवा गरेर पछि उनीहरुलाई सोही स्थानमा सरुवा गर्ने सहमति भने माग्न सक्छ । नियमअनुसार कर्मचारीहरुको सरुवा गर्दा सामान्य प्रशासन मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्ने प्रावधान रहेको छ ।

मन्त्रालयले सरुवा गरेकामध्ये मन्त्रालयका ७ जना बरिष्ठ उपसचिवलाई विभिन्न जिल्लामा कायम मुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकेको छ । यसअघि मन्त्रालयले जेठ २७ गते ५३ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको थियो ।

तपाईको प्रतिक्रिया