Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने २५ साना दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा साना दलका सांसदहरुले बुझाएको ज्ञापन पत्रमा थ्रेसहोल्ड सम्बन्धि व्यवस्था नगर्न तथा साना दलहरुलाई पनि ठूला दलहरु सरह सेवा सुविधाको व्यवस्थासहित संघीय पदाधिकारीहरुको पारिश्रमिक सम्बन्धि विद्येयकमा व्यवस्था गर्न माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै अन्य दलहरुसँग पनि छलफल गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया