Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

वीरगन्ज – राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वीय सभ्यताको अभिन्न अङ्गको रुपमा रहेको योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको बताउनुभएको छ ।

वीरगन्जको आदर्शनगर रङ्गशालामा आजदेखि सञ्चालित योग विज्ञान शिविर—२०७३ को आज विहान उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले योगको अभ्यासले मानव शरीरमा चेतनाको विकास गर्दछ भन्नुभयो । योगको महत्वलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घले पनि राष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गर्दै राष्ट्रपति भण्डारीले आयुर्वेद चिकित्सा पद्धतिमा आधारित यो विद्याले मानिसको जीवनलाई स्वस्थ बनाउने गर्दछ भन्नुभयो । उहाँले यो देश ऋषिमुनिको तपोभूमि हो र वैदिक शास्त्रले पनि यसलाई मानेको छ भन्नुभयो । rastapati

योग शिक्षाले जीवन स्वच्छ र शान्त बनाउने भएकाले यसको विकासमा जोड दिनुपर्दछ भन्दै राष्ट्रपति भण्डारीले योग शिविरले स्वस्थ र शान्त वीरगन्ज देओस् भन्ने कामना पनि गर्नुभयो । उक्त अवसरमा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले समृद्ध देशको नागरिक बन्ने हामी सबै नेपालीको चाहना भएकाले कसरी नेपाललाई समृद्ध देश बनाउने भन्नेतर्फ सोच्नु आजको आवश्यकता भएको बताउनुभयो ।

सो अवसरमा स्वामी रामदेव, आचार्य बालकृष्ण, भारतीय राजदूत रणजीत राय, रुसी राजदूत आन्द्रेई मन्त्रिगण लगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको छ । कार्यक्रममा स्वामी रामदेवले राष्ट्रपति भण्डारीलाई दोसल्ला ओढाई सम्मान पनि गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया