Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

बीरगन्ज – राष्ट्रपति विद्यादेवी भण्डारीले गढीमाई मन्दिरलाई लुम्बिनी र पशुपतिनाथको जस्तो धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्न बताउनुभएको छ ।

बारा जिल्ला गढीमाई नगरपालिकास्थित शक्तिपीठ गढीमाईको आज पूजाअर्चनापछि आयोजित सभालाई सम्बोधन गर्दै उहाँले गढीमाईलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न बृहत्तर गुरुयोजना बनाई सरकारसमक्ष पेस गर्न सुझाव दिनुभयो ।

राष्ट्रपति भण्डारीले गढीमाईको विकास गर्ने गुरुयोजना कार्यान्वयनका लागि आफूले सरकारलाई घचघच्याउने छु भन्नुभयो ।

गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहको सभापतित्वमा सम्पन्न उक्त सभामा समितिका सचिव मोतीलाल कुसवाहाले मन्दिरको विकासका लागि अबलम्बन गर्नुपर्ने नीतिमाथि प्रकाश पार्नुभयो ।

तपाईको प्रतिक्रिया