काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते हुनुभएको छ । भतिज हिरा केसीका अनुसार कपनस्थित पार्टी कार्यालय जाने क्रममा केसी दुर्घटनामा पर्नुभएको हो । केसीको टाउको र ढाडमा चोट लागेको छ । उहाँको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
केसी माइक्रो बसको ढोका छेउको सिटमा बस्नुभएको थियो । घुम्तीमा अचानक लड्नु भएको थियो । स्थानीयको सहयोगमा उहाँलाई अस्पताल लगिएको र अहिले अवस्था सामान्य रहेको छ ।