Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं  – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशनपछि मलेसियामा मृत्यु भएका पूनर्बास नगरपालिका, चगाउँ, कञ्चनपुरका २९ वर्षीय सन्तबहादुर तामाङको शव बुधबार काठमाडौं ल्याइएको छ ।

tam

रोजगारीको क्रममा दुई वर्ष अघि मलेसिया पुगेका तामाङको मंसिर २ गते मृत्यु भएको थियो । मृतकका परिवारले मृतकको शव नेपाल ल्याउने व्यवस्था मिलाई दिन प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेका थिए । मृतकका आफन्तको अनुरोधपछि नेकपा (माओवादी केन्द्र) कञ्चनपुर जिल्ला पार्टीको समन्वय र प्रधानमन्त्री कार्यालयको विशेष पहलमा तामाङको शव नेपाल ल्याइएको हो ।

तामाङको शव नेपाल ल्याउने प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालयले श्रम मन्त्रालय, परारष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली दूतावाससँग समन्वय गरेको थियो ।

तपाईको प्रतिक्रिया