Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

भक्तपुर – कानुन मन्त्री अजय शंकर नायकले एमालेले बिदेशीको पैसोमा चलखेल गरि वर्तमान समयमा राष्ट्रवादी मुहार प्रर्दशन गर्नु जायज नभएको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै नायकले एमालेले पुरै एनजीओ आइ एन जीओबाट चल्ने र बिदेशीको पैसोबाट सञ्चालन भएर राष्ट्रवादीको मुहार प्रदर्शनले देश नबन्ने बताउनु भएको हो ।

gg

उहाँले यसरी वर्तमान जटिलताको निकास ननिक्लने र प्रतिपक्षका नेतृत्वले राष्ट्रको हित गर्न नसक्ने दाबी गर्नु भयो । स्थानिय निकायको निर्वाचनका बिषयमा बाहिर आए जस्तो निर्वाचननै हुँदैन् भन्ने भनाई हल्ला मात्र भएको भन्दै नायकले राजनीतिक दलहरुको ईच्छा शक्ति भएका खण्डमा दश दिन भित्रै निवार्चनका सवालका बिषय हल गर्न सकिने बताउनु भयो । यो ठूलो बिषय नभएको मंसिरभित्र सबै बिधेयक पारित गरेर निर्वाचन गर्न सकिने तर्क उहाँले राख्नु भयो ।

उहाँले अंगिकृत नागरिकलाई जसरी राष्ट्रका प्रमुख पदमा लैजाने बिषय बाहिर आएको छ, त्यो संबिधान अध्ययनको कमी रहेको र यसका बिषयमा मधेशवादीलहरुसँग छलफल नै नगरि अंगिकृतको बिषय एमालेले प्रचारप्रसार गलत भएको बताउनु भयो । उहाँले अंगिकृत नागरिकका बिषयमा समेत मधेशी जनता र राजनीतिक दलहरुसमेत असहमत रहेको तर केही दलाल नेताहरु लागेको भए छलफल गरि निष्कृय पार्नु पर्नेमा जोड दिनु भयो ।

सिमांकनका बिषयमा जसरी असन्तुष्ट देखिएका छन् यो नै अन्तिम सिमांकनको आधार नभएको र बिज्ञहरुले दिएको सुझावलाई राजनीतिक दलहरुले आत्मसाथ गर्न नसक्दा वर्तमन अवस्था श्रृजना भएको बताउँदै फेरी पनि देशको आवश्यकता अनुसार संघिय संरचनामा परिवर्तन गर्न सकिने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो बिज्ञ र आयोगबाट प्रस्तुत् दश वटा प्रदेशको खाकालाई नमान्नु र दोस्रो संबिधानसभा चुनावबाट बनेको राज्य पुनःसंरचनाको समितिको बहुमतले पारित गरेको चौध प्रदेश नबानी राजनीतिक दलहरुको सहमतीमा सात प्रदेश बनेकाले बिज्ञहरु आयोगको सुझावमा परिवर्तन गर्न सकिने बताउनु भयो ।

उहाँले प्रचण्डको राष्ट्रवादी सोचलाई बुझ्न नसक्नेहरुले बिभिन्न आरोप लगाउने गरेको भन्दै देशको समस्याको पहिचान गरि राजनीतिक दलहरुले समाधान गर्न लागि परे कसैले चलखेल गर्न नसक्ने उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया