Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

सप्तरी – सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको माग सम्वोधन गर्न वर्तमान सरकार गम्भीर नदेखिएकोले राष्ट्रिय आन्दोलन बाहेक अर्को विकल्प नरहेको बताउनुभएको छ ।

सप्तरीको मल्हनियामा मंगलबार आयोजित पार्टी प्रवेश एवम् जनसभालाई सम्वोधन गर्दै उहाँले भन्नुभयो, ‘मधेसको माग सम्वोधन गर्न सरकार गम्भीर नदेखिएकोले राष्ट्रिय आन्दोलन बाहेक अर्को विकल्प छैन, अब हुने सङ्घर्षको स्वरुप निर्णायक हुनेछ ।’

अध्यक्ष यादबले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सङ्घीय गठबन्धनको तर्फबाट दिइएको १५ दिने अल्टिमेटमको समयावधि समेत सकिन लागेको चर्चा गर्दै आफूहरु शालिन भएर प्रस्तुत हुँदै आएकोमा ठूला भनाउने दलहरुले मधेसको भावनामाथि खेलवाड गर्ने काम गरिरहेको आरोप लगाउनुभयो ।

कार्यक्रममा फोरम नेपालका वरिष्ठ नेता अशोक राईले अस्तित्व, स्वाभिमान र पहिचानका लागि मधेसबाट सुरु भएको आन्दोलनले राष्ट्रिय आन्दोलनको स्वरुप ग्रहण गरिसकेको बताउँदै यो आन्दोलनलाई दुनियाँको कुनै पनि ताकतले दबाउन नसक्ने धारणा व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया