Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

बनेपा – प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले दीक्षित विद्यार्थीलाई असल नागरिकको हैसियतले सेवामा नमुना प्रस्तुत गर्न आग्रह गर्नुभएको छ ।

k|d lbIffGt ;df/f]xdf k|wfgdGqL tyf sf7df8f}F ljZjljBfnosf s'nklt k'iksdn bfxfn sf7df08f}+ ljZljBfnosf] @@ cf}+ lbIffGt ;df/f]xnfO{ dªunaf/ w'lnv]ndf ;Djf]wg ub}{ . tl:a/ M o'j/fh kf08], ag]kf, /f;;

विश्वविद्यालयको २२ औँं दीक्षान्त समारोहलाई आज काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उहाँले चिकित्सा क्षेत्र गम्भीर विषय भएकाले लापरबाही गर्नुहुँदैन भन्नुभयो । “हाम्रो आस र भरोसा तपाईँहरु नै हो, हामी उमेरको उत्तराद्र्धमा छौं, त्यसैले तपाईँहरुको काँधमा गहन जिम्मेवारी आएको छ” प्रधानमन्त्रीले भन्नुभयो । उपाधि प्राप्त गरेपछि दीक्षितका काँधमा समाज र राष्ट्रप्रति जिम्मेवारी बढेको उल्लेख गर्दै उहाँले जीवन मानव समुदायको कल्याणमा समर्पित गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

युनिभर्सिटी अफ वेस्टर्न सिडनी, अस्ट्रेलियाका उपकुलपति तथा प्रिसिडेन्ट प्रा डा बार्ने ग्लोभरले जनशक्ति उपयोग गर्न असीमित चुनौती भएको बताउनुभयो । विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठले आलोचना मात्र गर्ने बिग्रदो संस्कारलाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।

विश्वविद्यालयले चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार तीन सय ७७ विद्यार्थीलाई दीक्षित गरेको छ । दीक्षितमध्ये चिकित्सा विधामा सबैभन्दा उच्च एमसिएच डिएम उपाधि नौ जना, एमडी एमएस उपाधि एक सय ८९ जना, एमबिबिएस उपाधि नौ सय ४६, बिडिएस उपाधि १८, बिएस्सी नर्सिङ दुई सय दुर्ई, बिएन एस उपाधि एक र बिपिटी १२ जनालाई प्रदान गरिएको थियो ।

दीक्षितमध्ये भारतका ९३ र श्रीलङ्काका सात जना पनि छन् । उत्तीर्णमध्ये महिला ५२.५१ प्रतिशत छन् । उत्कृष्ट विद्यार्थीका रुपमा स्वर्ण पदक लुम्बिनी मेडिकल कलेजका विद्यार्थी प्रनिता राजभण्डारीलाई प्रदान गरिएको थियो । अहिलेसम्म विश्वविद्यालयबाट चिकित्सा विधामा कुल ११ हजार ४७ जना दीक्षित भएका छन् ।

तपाईको प्रतिक्रिया