Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

मुगु  – स्थानीय निकाय पुनर्संरचना प्रक्रिया विवादका कारण मुगु सदरमुकाम गमगढीमा दिनहुँ प्रदर्शन गर्दै आएका सातजना मगंलबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संघर्ष समितीका संयोजक दानबहादुर शाही, धर्मराज शाही, देविलाल मल्ल, राजेन्द्रबहादुर शाही, जयबहादुर शाही लगायतका छन् । पक्राउ परेकालाई रिहा गरने वा नगरिने बारे  बेलुका निर्णय हुुने प्रहरी नायव उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी गराउनुभयो ।

६ नम्बर ईलाकाका रारा, कालै र धैनकोट गाविसका बासिन्दाले तीन गाविसलाई जोडेर एक गाउँपालिका बनाउनुपर्ने माग गर्दै आएका छन् । दुईहप्तादेखि सदरमुकाममा प्रदर्शन गर्दै आएका स्थानीय बासिन्दा र प्रहरीबिच सोमबार झडप भएको थियो ।

९ वटा इलाका  रहेको मुगु जिल्लालाई तीन गाउँपालिका र एक नगरपालिका बनाउने खाका स्थानीय निकाय पुनर्संरचना आयोगमा सिफारिस गरिएपछि ती गाविसका बासिन्दा आन्दोलित भएका हुन् ।

तपाईको प्रतिक्रिया