Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

tamudhinewlogoटोकियो-गुरूङ समुदायको महान पर्व ल्होसारको पावन अवसरमा तमु धीं जापानको अायोजनामा २२ अाैं ल्होसार कार्यक्रम हुने भएको छ ।

हरेक वर्ष झैं यस वर्ष पनि विविध सांस्कृतिक कार्यक्रमसहित जनवरी २ तारिक सोमबार ल्होसार कार्यक्रम अायोजना गर्न लागेको हो । तमू धीं जापानले हरेक वर्ष नेपालबाट कलाकारहरू अामन्त्रण गरी धुमधामसँग ल्होसार मनाउँदै अाइरहेको छ ।

यस वर्ष पनि टोकियोको खाबुकिच्योस्थित यूनिभर्सल हलमा २२ अाैं ल्होसार साँझ २०१७ गरिने कुरा धींका अध्यक्ष श्री गुरूङले समुद्रपारिलाइ बताउनुभयो ।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिलाई बचाईराख्न तमु धीं जापानले अायोजना गरेको कार्यक्रममा उपस्थित भइदिन जापानबासी नेपाली दाजुभाइ तथा दिदीवहिनीहरूमा अनुरोध गरेको छ ।***

तपाईको प्रतिक्रिया