Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – वैदेशिक रोजगारीका लागि साउदी अरब गएका १७ नेपाली युवकले आफूहरूको उद्धारका लागि सरकारसँग याचना गरेका छन् । साउन ४ गते साउदी पुगेका ती युवा साउदीको अल्कासिम बदैया भन्ने ठाउँमा अलपत्र छन् ।

काठमाडौंको कुपण्डोलस्थित सिनेट इन्टरनेसनल वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत साउदीको होटलमा काम गर्न भन्दै त्यहाँ पुगेका उनीहरूलाई अहिलेसम्म कम्पनीले काम नदिएपछि उद्धारका लागि आफन्तमार्फत आग्रह गरेका हुन् । साउदी जानुपूर्व सिनेट नामक वैदेशिक रोजागर कम्पनीलाई प्रतिव्यक्ति एक लाखदेखि एक लाख २० हजार रुपियाँसम्म बुझाएर गएका युवालाई साउदीको कम्पनीले दुईचार दिनपछि काम दिने भन्दै चार महिनासम्म बन्धक बनाएर राखेको पीडित युवाको गुनासो छ । साउदीमा यसरी अलपत्र पर्नेमा सोलुखुम्बु, पर्सा, बारा, रोल्पा, कास्की, स्याङ्जा, चितवन, दाङ, गोरखा, धनुषाका युवा रहेका छन् । saudi arebia

साउदीको होटलमा काम गरेबापत प्रतिव्यक्ति नौ सय रियाल अर्थात् नेपाली रुपियाँ २५ हजार कमाई हुने भन्दै साउदी पुगेका युवामध्येका एक अनन्त राईले फोनसम्पर्कमा ‘अब जसरी हुन्छ हामी नेपाल फर्कन चाहन्छौैँ, हामीलाई छिटोभन्दा छिटो स्वदेश फर्किने वातावरण बनाइदिनुहोस्, अब यहाँ काम पाइन्छ भन्ने विश्वास नै लाग्न छाडिसक्यो,’ भने । उनले भने, ‘साउदी कम्पनीको मालिक फैसल भन्ने व्यक्तिले हाम्रो पासपोर्ट लगायतका कागजपत्र नियन्त्रणमा लिएर प्रतिव्यक्ति खाने बस्ने खर्च भनेर केही रकम दिएर एउटै सानो कोठामा १४ जनालाई भेडाबाख्रा जस्तै गरी राखेको छ ।

साउदीको अल्टासिम वैदया भन्ने दुर्गम ठाउँमा छौँ, कुनै नेपालीसँग पनि सम्पर्क हुँदैन । नेपाली दूतावासमा पनि फोन गरेको उठेन, जानका लागि हामी भएको ठाउँभन्दा धेरै टाढा छ भनिन्छ ।’ उनका अनुसार अलपत्र परेका नेपाली युवाले आफूहरूलाई साउदी पठाउने वैदेशिक रोजगार कम्पनीलाई काम नपाएको पटक–पटक जानकारी गराउँदा समेत बेवास्ता गरेको छ ।

तपाईको प्रतिक्रिया