Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

गौशाला – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसको समस्या समाधानमा नेपाली काँग्रेसले पहल गर्ने बताउनुभएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरमा आज जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेसले मधेसको समस्या चाँडै संविधान संशोधनमार्फत समाधान गर्नेमा जोड दिनुभयो ।

नेता पौडेलले मधेसी जनताले गरेको आन्दोलनको कदर गर्दै नेपाली काँग्रेसले जायज माग, मुद्दा र समस्यालाई संविधान संशोधनमार्फत समाधान गर्न तत्पर रहेको छ भन्दै त्यसका लागि आवश्यक तयारी पनि भइरहेको चर्चा गर्नुभयो ।

उहाँले मधेसको मुद्दा र समस्या समाधान गर्नका लागि नेपाली काँग्रेसले तराई मधेस अभियान चलाएको र सो अभियानमा प्रत्येक तराईका जिल्लाबाट सुझाव सङ्कलन गरेर संविधान संशोधन गर्न उचित कदम चाल्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।

तपाईको प्रतिक्रिया