Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – राप्रपा नेपाल र राप्रपाबिच पार्टी एकता भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा भएको घोषणासभामा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिसमशेर राणाले पार्टी एकताको घोषणापत्रमा हस्ताक्षर गर्नुभयो ।

rpp-1

एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहनेछ भने अब पार्टी अध्यक्ष र संसदीय दलको नेता कमल थापा तथा राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा बन्नुभएको छ ।

अहिलेसम्म राप्रपा नेपालको झण्डा अब एकीकृत पार्टीको पनि झण्डा भएको छ भने चुनाव चिन्ह भने महाधिवेशनले तय गर्ने सहमति भएको छ ।

तीन महिनाभित्र महाधिवेशन हुने र दुवै पक्षका पदाधिकारी यथावत रहनेछन् । दुवै पार्टीका आधाआधा गरि ३ सय सदस्यीय केन्द्रिय कार्यसमिति बनाइएको छ ।

एकीकरणपछि संसदमा राप्रपाका ३७ जना सांसद भएका छन् । संसदमा राप्रपा नेपालका २५ र राप्रपाका १२ सांसद छन् ।

तपाईको प्रतिक्रिया