Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

गौशाला – नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल चढ्नुभएको गाडीको महोत्तरी जिल्लाको जलेश्वर बर्दिबास सडकखण्डमा स्टेरिङ फेल भएको छ ।

बर्दिबासबाट जलेश्वर आउने क्रममा सो सडकखण्डको जावखचौकमा नेता पौडेल सवार च६च ७५५५ नंको गाडीको अचानक स्टेरिङ फेल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

आज दिउँसो बर्दिबासबाट जलेश्वरतिर आउँदै गरेको उक्त गाडी स्टेरिङले काम नगरेर सडक छेउ खेतमा झर्ने अवस्थामा थचक्क बसेर रोकिएको थियो ।  सो दुर्घटनामा नेता पौडेललगायत गाडीभित्र बसेका कसैलाई केही नभएको र सबैजना सकुशल रहेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

नेता पौडेल आज महोत्तरी काँग्रेसको जिल्लास्तरीय कार्यकर्ता भेलामा सहभागी हुन जलेश्वर आउँदै हुनुहुथ्यो । नेता पौडेल अर्को गाडीबाट जलेश्वर पुगिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया