Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

नेपालगन्ज – नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो दल संविधान संशोधनको पक्षमा नलाग्ने बताउनुभएको छ । प्रेस चौतारी, बाँकेशाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “संविधान संशोधन केका लागि ? त्यसको औचित्य पुष्टि हुनुपर्छ ।

madap

राष्ट्रिय अखण्डता, मुलुकको सुरक्षा, स्वतन्त्रता र जातीय एकता बिगार्न संविधान संशोधन गर्न पाइँदैन ।”

एक प्रश्नको जवाफमा नेता नेपालले संविधान संशोधनका नाममा अहिले भ्रम फैलाउन खोजिएको छ, कसैको राजनीतिक स्वार्थपूर्ति र विदेशीको इशारामा संविधान संशोधन हुनै सक्दैन भन्नुभयो ।

उहाँले भन्नुभयोे – “सबै नेपाली जनताको माग र मुलुकको आवश्यकता स्थानीयदेखि केन्द्रीय तहसम्मको निर्वाचन हो, संविधान कार्यान्वयनका लागि सबैभन्दा पहिले निर्वाचन प्रक्रियालाई अघि बढाउनुपर्छ ।”

मुलुकले अहिले शान्ति खोजेको छ, राजनीतिक स्थिरता खोजेको छ, आर्थिक समृद्धि र विकास खोजेको छ, तसर्थ यी एजेन्डामा सबै राजनीतिक दल सहमतिमा आउनुपर्छ, उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया