Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

View of Boudhanath Stupa with electic lights. The stupa, which has sustained damage to its upper portion in the earthquake in 2015, will formally re-open on 22 November after reconstruction is completed. PHOTO/DINESH GOLE

काठमाडौं – बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्य सर्वसाधारणको दर्शनका लागि मङ्गलबारदेखि खुला गर्ने भएको छ ।
बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले विश्व सम्पदा सूचीमा सूचीकृत सो चैत्यको यही मङ्सिर ७ गते (भोलि) प्रधानमन्त्रीबाट उद्घाटन गरेपछि दर्शन खुला गरिने जानकारी दिनुभयो । सोही कार्यक्रममा चीनका धर्मगुरु इनसुनको पनि सहभागिता रहने समितिका अध्यक्ष लामाले बताउनुभयो । उक्त कार्यक्रमका लागि भारत, चीन, श्रीलङ्का, म्यान्मा, ब्राजिल, जर्मनी, जापान, थाइल्यान्डलगायत मुलुकका राजदूत तथा कूटनीतिक व्यक्तित्वलाई आमन्त्रण गरिएको छ ।
गत वर्षको वैशाखमा आएको भूकम्पका कारण चैत्यमा क्षति भएपछि सर्वसाधारणको दर्शनका लागि चैत्यभित्र प्रवेशमा प्रतिबन्ध लगाइएको थियो । करिब रु २३ करोडको लागतमा जीर्णोद्धार तथा पुनःनिर्माण सम्पन्न भएको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया