Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

prachanda-niwas

काठमाडौं – नेकपा माओवादी केन्द्रले पोलिटव्यूरो बैठक मंसिर ११ र १२ गतेका लागि बोलाएको छ । आज बसेको केन्द्रीय कार्यालय बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टी अध्यक्ष प्रचण्डको निवासमा बसेको बैठकले पार्टीको आन्तरिक संगठनबारे छलफल गर्न पोलिटव्यूरो बैठक बोलाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । बैठकमा पार्टीको आन्तरिक संगठनात्मक संरचना र संविधान संशोधनका विषयमा पनि छलफल भएको थियो । बैठकले सोमबार बेलुका बस्ने प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा संविधान संशोधनका विषयमा छलफल र आवश्यक निर्णय लिने अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई दिएको बताइएको छ ।
यसैबीच, नेकपा माओवादी केन्द्रको राष्ट्रिय भेला स्थानीय तहको चुनावपछि मात्रै हुने भएको छ । आजैको बैठकले राष्ट्रिय भेलाको सट्टा स्थानीय तहको चुनावमा केन्द्रित हुने निर्णय गरेको छ ।
आगामी चैतमा गर्ने भनिएको स्थानीय तहको चुनावका लागि माओवादी केन्द्रले सबै नेता/कार्यकर्ताहरुलाई चुनावको तयारीमा केन्द्रित हुन आह्वान गर्ने बताइएको छ । त्यसकै तयारीस्वरुप मंसिर ११ र १२ गते पोलिटव्यूरो बैठक बोलाइएको माओवादी केन्द्रीय कार्यालय सदस्य गिरिराजमणि पोख्रेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया