Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

indian-rupee-stacks

गौशाला – भारतमा ५०० र १००० हजारका भारु नोट बन्द भएपछि महोत्तरी जिल्लामा हुने गरेको दैनिक दुई करोड भारतीय रुपैयाँको कारोबार बन्द भएको छ ।
महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकालगायत जिल्लाको मटिहानी , सम्सी गाविस र जिल्लाको मूल भन्सार कार्यालय भिट्ठामोड अगाडि दैनिक हुने गरेको भारतीय रुपैयाँको कारोबार बन्द भएको हो । उल्लेखित चार वटै ठाउँमा दैनिक बिहानदेखि बेलुकासम्म दर्जनौँ व्यक्ति अवैधरुपमा बाटोमै उभेर सीमानाकामा आउजाउ गर्ने व्यक्तिलाई भारु रुपैयाँ बेचेर हजारौं आम्दानी गर्ने गरेका थिए भने इजाजत प्राप्त सटही काउण्टर र राष्ट्रिय वाणिज्य बैंकले पनि भारु रुपैयाँको कारोबार गर्दै आएको थियो ।
यसका साथै जलेश्वर, मटिहानी, सम्सी र भिट्ठामोडका कपडा पसल, सुन चाँदी पसल र मदिरा पसल सञ्चालकले पनि दैनिक लाखौं भारतीय रुपैयाँको कारोबार गर्दै आएका थिए । उनीहरुले नेपालबाट भारततर्फ बिरामी जचाँउन, आवश्यक सर सामान किनमेल गर्न र आकस्मिक कामकाजका लागि जाने व्यक्तिलाई नेपाली पैसा लिएर भारतीय पैसा बेच्दै आएका थिए ।
उनीहरुले नेपाली नागरिकसँग प्रति सैकडा चार रुपैयाँदेखि ६/७ रुपैयाँसम्म लिएर भारतीय रुपैयाँ दिने गरेका थिए भने कतिले त आफ्नो वास्तविक व्यापार व्यवसायभन्दा भारु नेपाली साटेर नै राम्रो कमाइ गर्ने गरेका थिए ।

तपाईको प्रतिक्रिया