Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

shanti-mantralaya

काठमाडौं – दिगो शान्ति स्थापनाका लागि काम गर्न स्थापना गरिएको शान्ति तथा पुनःनिर्माण मन्त्रालयको पुनसंरचना गरिनुपर्नेमा अधिकांश पूर्वमन्त्रीहरुले जोड दिएका छन् ।
मन्त्रालयले आयोजना गरेको ‘द्वन्द्वका कारण तथा प्रभाव विश्लेषण र मन्त्रालयको भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा मन्त्रालयमा बसेर अनुभव सङ्गाल्नुभएका पूर्वमन्त्री एवम् सचिवले मन्त्रालयलाई न्यूनस्तरमा राखिँदा उद्देश्य हासिल हुन कठिन भएको अनुभव सुनाउनुभयो । मन्त्री सीतादेवी यादवले मन्त्रालयले शान्तिलाई दिगो र संस्थागत गर्ने प्रयास गरिरहेको बताउनुभयो । “द्वन्द्वपीडितलाई राहत र क्षतिपूर्ति नदिएसम्म शान्ति आउँदैन, स्थानीयस्तरमा शान्ति प्रवद्र्धन गर्न स्थानीय शान्ति समितिले काम गरिरहेको छ, यी समितिको काम द्वन्द्वपीडितको घाउमा मलहम लगाउन केन्द्रित हुनुपर्छ”–उहाँले भन्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, रामकुमार श्रेष्ठ, सत्या पहाडी, विश्वनाथप्रसाद साह, रकम चेम्जोङ, मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा एवम् मन्त्रालयमा सचिवका रुपमा काम गरिसक्नुभएका पूर्वसचिवहरु धरणीधर खतिवडा, पुण्यप्रसाद न्यौपाने, ध्रुवप्रसाद शर्मा, इश्वरीप्रसाद पौडेल, धनबहादुर तामाङ, सर्वजीतप्रसाद महतो, खुमराज पुञ्जालीले मन्त्रालयको पुनःसंरचना गरेर यसको लक्ष्य पूर्तिका लागि काम गरिनुपर्ने बताउनुभयो ।

मन्त्रालयका सहसचिव हरिराज पन्तले मन्त्रालयले हालसम्म गरेका कामको विवरण सुनाउनुभयो । विसं २०६३ चैत १८ गते मुलुकमा दिगो शान्ति स्थापना गरी सुन्दर शान्त नेपाल बनाउने उद्देश्यले मन्त्रालयको स्थापना भएको थियो ।

तपाईको प्रतिक्रिया