Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं  – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोग सम्बन्धी प्रस्तावमा छलफल डेढ हप्ताका लागि स्थगित भएको छ ।

महाअभियोग प्रस्तावमाथिको छलफल नै नसकी संसद बैठक मंसिर १४ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्ती आइतबार बेलुकी रुस जाने र शनिबार मात्र फर्कने भएकाले संसद बैठक १४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

यसअघि सभामुखले महाअभियोगको प्रस्तावलाई महाअभियोग सिफारिस उपसमितिमा पठाउने तयारी गरे पनि छलफल नसकिएका कारण यो प्रस्तावमा मंसिर १४ गते छलफल हुने छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ५७ जना सांसदले गत महिना संसदमा दर्ता गरेको कार्कीलाई महाअभियोग लगाउनु पर्ने प्रस्तावमाथिको कारवाही विभिन्न बहानामा ढिलो हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया