Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

टोकियो – जापानको नागोयामा नेपालीले पहिलो पटक खोलेको सुपरमार्केटमा ग्राहकको भिड बढ्दै गएको छ । करिब ८ करोडको लगानीमा मार्केट सञ्चालन गरिएको बताइएको छ । टेडिग व्यवसायबाट फड्को मार्दे सामिका ग्रुपले जापानी बजारमा सामिका सुपर मार्केट सञ्चालनमा ल्याएको हो ।

j1

मार्केटमा जापानी, नेपाली लगायत विदेशीहरुका लागि समेत उपयोगी हुने घरायसी लगायत अन्य उपभोग्य सामग्रीहरु राखिएको छ । जापानको राजधानी टोकियो पछिको ठूलो शहर नागोयामा स्थापना गरिएको मार्केटमा पछिल्लो समय ग्राहकको एकदमै भिड लाग्ने गरेको हो ।

j2

नेपालीको एकल लगानीमा रहेको सुपरमार्केटका संचालक तथा सामिका ग्रुपका अध्यक्ष पारसमणी पोखरेलले एक वर्ष लामो अध्ययन पश्चात सुपर मार्केटको सुरुवात गर्न सफल भएको भन्दै अबको केही वर्षमै नयाँ व्यवसाय थप्दै लाने जानकारी दिनुभयो ।

जापानको व्यस्त शहर मध्येको नागोया स्थित चिर्यु स्टेसन नजिकै रहेको सामिका सुपर मार्केटमा नेपाली तथा जापानी गरि २६ जनालाई प्रत्यक्ष रोजगारी दिईएको एनआरएनए केन्द्रीय सदस्य एबम एन आर एन जापानका निवर्तमान अध्यक्ष समेत रहेका सामिका ग्रुपका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

जापानको व्यस्त समयमा एकै ठाउँमा सवै किसिमका सामान पाईने भएकाले टाढाटाढाका नेपालीहरू समेत लाभान्वित हुने उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया