Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – भारतमा आइतबार बिहान रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । इन्दौरबाट पटना जाँदै गरेको रेल बिहानै स्थानीय समयअनुसार करिब तीन बजे कानपुर नजिकै दुर्घटनाग्रस्त भएको हो । 1479607810train

दुर्घटनामा अन्य कयौं घाइते भएका छन् । लिकबाट रेलको डिब्बा उछिट्टिएर दुर्घटना भएको हो । रेलको १४ वटा डिब्बा लिकबाट बाहिर निस्किएको बताइएको छ । दुर्घटनाको मुख्य कारण भने खुल्न सकेको छैन । उद्धारकर्मीले रेलको डिब्बाबाट ३० वटा शव निकालेका छन् ।

स्थानीय प्रशासनले पनि ३० जनाको मृत्यु भएको पुष्टि गरेको हो । उद्धार कार्य जारी रहेको र केही घाइतेको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया