Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले टेबलटेनिस खेलको विकास र विस्तारका लागि सरकारको तर्फबाट महत्वपूर्ण कार्ययोजनाका साथ काम अगाडि बढाउने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय टेबलटेनिस फेडेरेसनका विज्ञ आरिफ खान लगायतको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा गरेको भेटवार्ताका क्रममा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

भेटमा विज्ञ खानले नेपालमा टेबलटेनिस खेलको राम्रो सम्भावना रहेको बताउँदै त्यसका लागि सरकारको तर्फबाट थप महत्व दिन प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएको थियो ।

प्रधानमन्त्रीले आफू हरेक बिहान टेबलटेनिस खेल्ने गरेको जानकारी गराउँदै सो खेलले शारीरिक र मानसिक स्फूर्तिका लागि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री दाहालले भन्नुभयो– “म पनि हरेक बिहान टेबलटेनिस खेल्छु, यसका बारेमा तपाईंहरुलाई जानकारी गराउन पाउँदा मलाई पनि खुसी लागेको छ । सो खेललगायत अन्य समग्र खेलकुद क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीरतापूर्वक लागिरहेको छ ।” ****

तपाईको प्रतिक्रिया