Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

मकवानपुर – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँगको एकीकरणपछि पार्टी सरकारमा जाने नजाने भन्ने कुरा प्रधानमन्त्रीको हातमा रहेको बताउनुभएको छ ।सरकारको काम कारवाही हेरेर आफूहरुले एकीकरणपछि सरकारमा जाने नजाने भन्ने निर्णय गर्ने अध्यक्ष थापाको भनाई छ ।

kamal-thapa-2

शनिबार बिहान मकवानपुरको हेटौंडामा अध्यक्ष थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा आउन आग्रह गरेको भएपनि उहाँको काम र सरकारको कार्यशैलीमा राप्रपासँगको एकीकरणपछि आफ्नो पार्टी सरकारमा जाने वा नजाने भन्ने निर्णय हुने बताउनुभएको हो ।

उहाँले मधेसमा बिखण्डनकारी शक्ति सक्रिय भएको भन्दै बेलैमा सरकार र दलहरु सचेत हुनुपर्ने बताउनुभयो । मधेसका राष्ट्रिय हित विपरितका मागहरु बाहेक सबै माग जायज भएकाले यसलाई पूरा गर्नुपर्नेमा उहाँको जोड छ ।

अबको केही वर्षमा आफ्नो पार्टी देशकै सबैभन्दा ठूलो पार्टी हुने दाबी गर्दै एकीकृत राप्रपा पार्टीले तीन तहकै चुनाव गर्न सहयोग गर्ने अध्यक्ष थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया