Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – विगत १६ वर्षदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको घाँसी नेपालले काठमाडौंको तारेभीर प्राथमिक विद्यालयको शिलान्याससँगै भौतिक संरचना पुनर्निर्माणको कामको काम सुरु गरेको छ ।select

भूकम्प पश्चात विद्यालयको पुनर्निर्माणमा जुटेको घाँसी नेपालले अहिलेसम्म भुकम्प प्रभावित ११ जिल्लाका ६० वटा भन्दा बढी विद्यायालयको भवन निर्माण प्रक्रिया अघि बढाएको छ । शिक्षा नै पहिलो आवश्यकता रहेकाले विद्यालय पुननिर्माणको सामाजिक कामलाई तिव्रताका साथ अघि बढाइएको घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरेले बताउनुभयो । भूकम्पले गोकणेश्वर ७ वालुवा गाऊँ तारेभीर प्रा.वि भत्किएर पठनपाठनमा समस्या भएकाले घाँसी नेपालले विद्यायालयको भौतिक संरचना बनाएर सहयोग गर्न लागेको हो ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य हरिबोल भण्डारी, घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरे र घाँसी नेपालका महासचिव शोभाकान्त पाण्डेले विद्यालय भवनको संयुक्त रुपमा शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै घाँसी नेपालका अध्यक्ष घिमिरेले शिक्षाजस्तो महत्वपूर्ण क्षेत्रमा गम्भिर हुनुपर्ने भन्दै विद्यालय निर्माणमा स्थानियको साथ अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्ने अधिकाँस स्थानिय वक्ताहरुले संस्था र स्थानियको सहकार्यमा विद्यायालय पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया