Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – एएफसी सोलिडारिटी कप च्याम्पियन बनेको नेपाली राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा आज ‘फ्रेन्ड्स अफ जापान’ सँग खेल्दैछ ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेशको अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोली ‘जापानका साथीहरु’ बीच आज ‘च्यारिटी’ फुटबल खेल हसन लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा हुने खेलमा भर्खरै मलेसियामा एएफसी सोलिडारिटी कप जितेर आएको नेपाली टोलीले जे लिगमा खेल्ने तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीको सामना गर्नेछन ।

तीमध्ये टोडा काजुयुकी सन् २००२ को विश्वकपमा जापानका तर्फबाट तथा अङ्ग्रेजी क्लब टोटेनह्याम हटस्परबाट व्यावसायिक फुटबल खेल्नुभएको थियो । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा अपराह्न २ बजे सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया