Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

टोकियो – सुदुरपश्चिमेली समाज जापानले सुदुरपश्चिमका अपाङ्ग बालबालिकाको शैक्षिक गुणस्तर बृद्धिका लागि शैक्षिक सहयोग गर्ने भएको छ ।15151587_1433180446710767_568305324_n

समाजले सुदूरपश्चिमका आठ जना अपाङ्ग बालबालिकालाई छनौट गरी शैक्षिक सहयोग गर्न लागेको हो । समाजले पहिलो चरणमा सुदुरपश्चिमका बैतडी, दार्चुला, अछाम, कैलाली र कञ्चनपुरका अपाङ्ग बालबालिकालाई सहयोग गर्ने भएको छ । समाजले सहयोग गर्ने बालबालिकाहरुमा बैतडी बसन्तपुरका पुजा ठगुन्ना र मनोज ठगुन्ना, दार्चुला लटिनाथका योगेश सिंह र सुनिल भट्ट, अछाम साफेबगरका अंकित कुँवर र विनायकका हिमाल अधिकारी रहेका छन् ।

त्यसैगरी कैलाली पथरैयाका दुर्गा कुमारी थापा र कञ्चनपुरका हरिश चुनारा रहेका छन् । एक जना अपाङ्ग बालबालिकालाई २० हजार जापानी येन उपलब्ध गराइने समाजका अध्यक्ष पूर्ण चलाउनेले जानकारी दिनुभयो । आगामी दिनमा सुदुरपश्चिमको शैक्षिक क्षेत्रमा थप प्रभाबकारी कार्यहरु गर्ने पनि चलाउनेले बताउनुभयो ।

समाजले यस अघि पनि सुदुरपश्चिमका विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया