Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

thankaकाठमाण्डाै- विश्वकै सबैभन्दा ठूलो मानिएको बुद्ध थान्का पोखरामा प्रदर्शन गरिने भएको छ । नेपाल-जापान सम्बन्धको ६० औं वर्षगाँठको अवसरमा मंसीर ४ र ५ गते पोखरा रंगशालामा थान्का प्रदर्शन गरिने भएको हो ।

विश्वकै सबैभन्दा ठूलो मानिएको ७० मिटर लामो र ५० मिटर चौडाई भएको ‘द आर्ट अफ प्याचवर्क’ (कपडालाई काटेर टालेको) थान्का मध्याह्न १२ बजेदेखि पोखरा रंगशालामा प्रदर्शन सुरु गरिने थान्का प्रदर्शन मूल आयोजक समितिका संयोजक पानबहादुर घर्तीले जानकारी दिए ।

प्रदर्शनीका लागि थान्का पोखरा आइसकेको, पोखरा रंगशालाको खेल मैदानमा पूर्व-पश्चिमबाट हेर्न मिल्ने गरी राखिने र राख्ने क्रम शुक्रबार दिउँसो १ बजेबाट गरिने संयोजक घर्तीले जानकारी दिए ।

शनिबार मध्याह्न १२ बजेदेखि प्रदर्शनी खुल्ला हुनेछ । त्यसअघि पूर्वाह्न १० बजे लखनचोकबाट लामा गुरुहरुको नेतृत्वमा बाजागाजासहितको र्याली निकालिने बताएको छ। थान्का प्रदर्शनीको उद्घाटन हेम्जा गुम्बाका प्रमुख तथा काहुँमा बन्न लागेको यशोधरा बाटिकाका प्रमुख स्याङ्पा रिम्पोछेबाट बौद्ध संस्कृति अनुसार विधिपूर्वक पूजा गरेर गरिनेछ । सो अवसरमा नेपाल र जापानको झण्डा प्रदर्शन गरी राष्ट्रिय धुन अायोजकले बताएको छ ।

समितिमा आदिवासी जनजातिसँग सम्बद्ध कास्कीका सबै संघसंस्था, बुद्ध जयन्ती मूल समारोह समितिमा आबद्ध सबै संघसंस्था, कास्कीका सबै गुम्बाहरु, धर्मशिला बुद्धबिहारसँग सम्बद्ध सबै संघसंस्थाहरु, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र पोखराका पर्यटनसँग सम्बद्ध सबै संघसंस्थाहरु छन् । त्यस्तै, मूल समितिले थान्का प्रदर्शनमा सघाउन विभिन्न उपसमिति गठन गरेको छ ।***

तपाईको प्रतिक्रिया