Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

धनगढी – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेस केन्द्रित दलको सहमतिमा संविधान संशोधन भई कार्यान्वयनसमेत हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँको सम्मानमा नेपाली काँग्रेस कैलालीले विहिबार आयोजना गरेको अभिनन्दन कार्यक्रममा उहाँले भन्नुभयो,‘संविधान संशोधनका बारेमा मैले आफैं मधेस केन्द्रित दलसँग वार्ता गरें, म, एमालेका अध्यक्ष र प्रधानमन्त्रीबीच यसबारे सकारात्मक वार्ता पनि भएको छ, अब समस्या समाधान हुन्छ ।’

देउवाले पार्टीमा एकता जरुरी रहेको बताउँदै स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई विजयी बनाउन जनताको हृदय जितेर काम गर्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

तपाईको प्रतिक्रिया