Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले एएफसी सोलिडारिटी कप फुटबल विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गर्नुभएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा विशेष कार्यक्रम गरेर प्रधानमन्त्रीले खेलाडीलाई सम्मान गनुभएको हो ।

pm-in-football-team

कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालले लामो समयपछि फुटबलमा नयाँ ट्रयाक समातेकोले यसलाई बचाइराख्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । भूकम्पले क्षति भएको दशरथ रंगशाला पुनर्निर्माण गर्ने काम सुरु भएको र नयाँ रंगशाला बन्ने कुरामा पनि ढुक्क हुन खेलाडीलाई आग्रह गर्नुभयो ।

आफू पनि युवा अवस्थामा स्थानीय कप फुटबल खेलेको स्मरण गदै प्रधानमन्त्री दाहालले फुटबलमा आफ्नो निकै रुची रहेकोले यसको विकासको लागि छिट्टै नयाँ योजना आउने आश्वासन दिनुभयो । सोलिडारिटी कप फुटबलको उपाधी जितेर नेपालीको शिर उँचो बनाएको खेलाडी तथा प्रशिक्षकलाई प्रधानमन्त्री दाहालले बधाई र धन्यवाद पनि दिनुभयो ।

तपाईको प्रतिक्रिया