Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरेपछि मुलुकभर नै विद्युत् चोरीमा संलग्न र चुहावटमा संलग्नलाई समेत कारबाहीको प्रक्रिया युद्धस्तरमा अगाडि बढाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार मुलुकभर प्राविधिक र अन्य गरी २५ प्रतिशतभन्दा बढी चुहावट हुने गरेको छ । त्यसमा चोरीको मात्रा करिब पाँच प्रतिशतको हाराहारीमा रहेकाले पहिलो चरणमा चोरी नियन्त्रण गर्ने अभियान सुरु गरेको हो ।

काठमाडौँ उपत्यकामा भक्तपुरमा अत्याधिक विद्युत् चोरी हुने गरेको प्राधिकरणको अध्ययनमा देखिएको छ । यस्तै चितवन र प्रदेश नं २ का अधिकांश जिल्लामा बढी विद्युत् चुहावट हुने गरेको छ । प्राधिकरणले तराईका बारा, पर्सा, रौतहट, सप्तरी, सिराहा, महोत्तरी, धनुषालगायतका जिल्लामा चोरी नियन्त्रण अभियानलाई तीव्रताका साथ अगाडि बढाइएको हो ।

प्राधिकरणले स्थानीय प्रहरी प्रशासनको सहयोगमा चोरी नियन्त्रण अभियान अगाडि बढाएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । प्राविधिक चुहावटलगायतका अन्य चुहावट नियन्त्रणका लागि स्मार्ट मिटरलगायतका प्राविधिक तयारीमा प्राधिकरण जुटेको छ । स्मार्ट मिटरको प्रयोग भएपछि चोरी नियन्त्रणमा समेत सहयोग पुग्नेछ । ऊर्जा मन्त्रालयले विद्युत् विकास विभागका उपमहानिर्देशक सञ्जीव देवको संयोजत्वमा चोरी नियन्त्रण अभियान सञ्चालन गरेको छ भने पछिल्लो पटक प्राधिकरणका जिल्ला, क्षेत्रीय र केन्द्रीय कार्यालयले समेत चोरी नियन्त्रण अभियानलाई तीव्र पारेका छन् ।

प्राधिकरणले चोरी बढी भएका जिल्लामा विद्युत्भार कटौती सामान्य अवस्थामाभन्दा बढी गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सम्पूर्ण जिल्ला कार्यालय, क्षेत्रीय कार्यालयलाई चोरी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिइएको र हरेक सातामा प्रगति प्रतिवेदन पठाउन समेत निर्देशन गरिएको बताउनुभयो । प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा उपलब्ध ८९० मेगावाटमध्ये करिब १०० मेगावाट हाराहारीमा विद्युत् चोरी र चुहावटबाट खेर गइरहेको तथ्याङ्क छ ।

प्राधिकरणको ग्राहक सेवा निर्देशनालयका अनुसार चोरी नियन्त्रण मात्रै गर्न सकियो भने विद्युत्भार कटौती नियन्त्रण गर्न सहयोग पुग्नेछ । कार्यकारी निर्देशकको निर्देशन बमोजिम प्राधिकरणको जिल्ला कार्यालय भक्तपुरले विगत एक सातादेखि चोरी नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । प्राधिकरण भक्तपुरका प्रमुख विक्रम अमात्यले चोरी नियन्त्रण अभियानलाई युद्धस्तरमा अगाडि बढाइएको र पहिलो चरणमा सहरी क्षेत्रलाई केन्द्रबिन्दुमा राखिएको बताउनुभयो ।

प्राधिकरणका कर्मचारी मात्रै चोरी नियन्त्रण अभियानमा लाग्दा स्थानीयवासीको तर्फबाट सहयोग नभएपछि प्राधिकरणले प्रहरी प्रशासनको समेत सहयोगमा चोरी नियन्त्रणको काम अगाडि बढाएपछि आशातित सफलता हात लाग्दै गएको छ । प्राधिकरणले सप्तरीमा चोरी नियन्त्रण अभियान सफलतान्मुख रहेको जनाएको छ । सो जिल्लामा एकैपटक १४ जना विद्युत्को पोलमा हुकिङ गर्नेलाई पक्राउ गरेको छ । प्राधिकरण जिल्ला शाखाले तीन महिनासम्म हुकिङ नियन्त्रण अभियानअन्तर्गत १२३ जनालाई कारबाही गरी रु १९ लाख राजस्व समेत असुली गरेको थियो ।

स्मार्ट मिटरको तयारी
चोरी नियन्त्रण अभियानसँगै प्राधिकरणले काठमाडौँमा पाइलट प्रोजेक्टका रुपमा घरमै बसेर विद्युत् महसुल तिर्न मिल्ने गरी स्मार्ट मिटर प्रयोग गर्ने तयारी गरेको छ ।
मोबाइल फोनमार्फत घरमै बसेर रिचार्ज गर्न सकिने त्यस्ता मिटर प्रयोग पछि प्राविधिक चुहावट समेत कम हुनेछ । त्यस्तै औद्योगिक क्षेत्र एवम् उद्योग प्रतिष्ठानमा समेत अत्याधुनिक मिटर जडान गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया