Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

नयाँ दिल्ली – भारतमा पाँच सय र हजार रुपैयाँको नोट माथि सरकारले प्रतिबन्ध लगाएपछि एक साताभित्र ३३ जनाको निधन भइसकेको छ । भारतीय अखबार इन्डियन एक्सप्रेसले पाँच सय र हजार रुपैयाँको नोट साट्न बसेका मानिस मात्र नभई पैसालाई लिएर घरायसी झगडा हुँदा करिब तीन दर्जन व्यक्तिको निधन भएको जनाएको छ ।

ss

गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउने निर्णय लिएपछि अहिले भारतीय अर्थतन्त्र अस्तब्यस्त बनेको छ । मानिसहरू पाँच सय र हजारको नोट साट्न राती देखि नै बैकको अगाडि लाइनमा बस्ने गरेका छन् ।

नोट नपाउँदा निधन हुनेमा सर्वप्रथम पञ्जाव तारन तारनका सुखदेव सिह थिए । छोरीको बिहे अगाडि सरकारले नोटमा प्रतिबन्ध लगाएपछि हृदयघातका कारण उनको निधन भएको थियो । यस्तै, उत्तर प्रदेशको बुलन्द शहर निवासी भारतीय सेनाका १७ वर्षीय छोराले आफ्नो आमासँग खुद्रा पैसा माग्दा नदिएपछि आत्महत्या गरेका थिए ।

उनको आमाले देशमा प्रतिबन्ध लागेको ठूलो नोटका कारण छोरालाई खुद्रा पैसा दिन अस्विकार गरेकी थिइन् । दक्षिण भारतको तेलंगानाका ७५ वर्षीय बृद्धा लक्ष्मीनारायणको पनि नोट साट्न साढे दुई घण्टा लाइनमा बस्दा लडेर मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया