Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – नेपाल र जापानबीच मैत्रिपूर्ण सम्बन्धको ६० वर्ष पुगेको अवसरमा ‘जापान फेष्टिवल २०१६’ काठमाडौमा आयोजना हुने भएको छ । आज फेष्टिवल मूल आयोजक समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही नोभेम्बर २६ तारिख शनिवारका दिन काठमाडौको टुडिखेलमा विहान साढे नौ बजेबाट फेष्टीबल आयोजना गर्न लागेको जनाएको हो । विहान ११ बजे पछि सर्वसाधरण नागरिकलाई प्रवेश निशुल्क गरिने जनाइएको छ ।

44

जापानीज एसोसियसन अफ नेपाल र गैर आवासीय नेपाली संघ जापानको संयुक्त आयोजनामा हुन लागेको फेष्टिवललाई जापानी दुतावास र टीबइआई नेपालले प्रबद्र्धन गर्ने भएको छ । सन् १९५६ मा नेपाल जापानबीच मैत्रिपूर्ण सम्वन्ध स्थापित भएयता दुई देशविचको सम्वन्ध मजबुद बन्दै गएको छ ।

दुवै देशले आर्थिक, सामाजिक तथा पर्यटकीय क्षेत्रमा एक अर्कालाई सहयोग गर्दै आएका छन् । फेस्टिबलमा जापानीहरुले नेपाली सँस्कृतिको प्रस्तुति र नेपालीले जापानका सँस्कृतिको विशेष प्रस्तुति देखाउने छन् । साथै, जापानमा लोकप्रिय रहेको केन्दो, कराँतेलगायतका खेल र जापानीबीच प्रख्यात बोन ओदारी नृत्य पनि प्रस्तुत गरिने आयोजक समितिका अध्यक्ष हिदेआको थाकादाले जानकारी दिनु भयो ।

फेष्टिवलमा जापानीज खानाका परिकारहरु रहेकाले नेपालीहरुका लागि जापानी परिकार चाख्ने नौलो अवसरह हुने भन्दै नेपालीहरुलाई कार्यक्रममा उपस्थित भइदिन जापानिज एसोसिएशन अफ् नेपालका सदस्य पृथ्वी श्रेष्ठले अनुरोध गर्नु भएको छ ।

यसअघि मैत्रिपूर्ण सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा गत अगष्टमा जापानमा बस्ने नेपालीहरुको नेतृत्वमा नेपाल फेष्टिबल २०१६ जापानमा आयोजना गरेको स्मरण गराउँदै एनआरएन जापानका महासचिव अनुज थापाले यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्ध गाढा बनाउनुका साथै सँस्कृति आदानप्रदान र दुई देशबीचको व्यापार वृद्धिमा समेत टेवा पुग्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया