Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ – नेपालको आर्थिक पत्रकारिताको उन्नयनमा योगदान पुुर्याउनु भएका पत्रकार सञ्जय न्यौपानेप्रति भावभूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको शोकसभामा सहभागी पत्रकारले स्व न्यौपानेको स्मरण गर्दै उहाँले पत्रकारिता क्षेत्रमा पुुर्याउनु भएको योगदान चर्चा गर्नुभयो ।

उहाँको स्मरण गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले स्व न्यौपाने लगनशील एवम् नेपालको होनहार आर्थिक पत्रकार भएको स्मरण गर्नुभयो । त्यसैगरी सेजन अध्यक्ष गोकर्ण अवस्थीले आर्थिक पत्रकारिताका क्षेत्रमा महत्वपूर्ण योगदान पुुर्याउनु भएको चर्चा गर्दै स्व न्यौपानैप्रति श्रद्धाञ्जलि र उहाँको परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।

वरिष्ठ पत्रकार एवम् सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारितामा फराकिलो ज्ञान हासिल गर्नुभएका स्व न्यौपाने सँगै स्मरणीय रहनुहुने विचार व्यक्त गर्नु भयो । पत्रकार न्यौपानेको ४५ वर्षको उमेरमा स्नायु प्रणालीसम्बन्धी समस्याका कारण कात्तिक १९ गते निधन भएको थियो । उहाँ नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्वउपाध्यक्ष समेत हुनुहुन्थ्यो ।

ललितपुर, गोदावरी नगरपालिका–८, बडिखेल निवासी स्वर्गीय न्यौपानेका बुबा, आमा, श्रीमती, एक छोरा र एक छोरी छिन् ।

तपाईको प्रतिक्रिया