Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

टोकियो – जापानका प्रधानन्त्री सिन्जो अाबे र अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता हुने भएको छ । अमेरिकाको न्युर्योकमा हुने भेटमा दुई सहयोगी मुलुकबीचको आगामी विदेश नीतिका सम्वन्धमा कुराकानी केन्द्रित हुने बताइएको छ ।

away

साथै जापानका प्राधानमन्त्री सिन्जो अाबे अमेरिकी राष्ट्रपतिमा निर्वा्चित डोनाल्ड ट्रम्पलाई भेट्ने प्रथम विदेशी सरकार प्रमुख हुने भएका छन् । अमेरिकाका साझेदार राष्ट्रहरू ट्रम्पले कस्तो विदेश नीति लिने हुन् भन्ने बारे चिन्तित छन् । विश्वासको वातावरण सिर्जना गर्नु तथा विश्व शान्ति कायम गर्नु आफ्नो भ्रमणको प्रमुख उद्देश्य रहेको प्रधानमन्त्री अाबेले बताएका छन् ।

दोस्रो विश्वयुद्ध पछि अमेरिकाले जापानको अर्थतन्त्र पुनर्निर्माणका लागि अत्यन्त ठूलो सहयोग गरेको थियो र त्यसपछि दुई राष्ट्रबीच अत्यन्त घनिष्ट सम्बन्ध रहँदै आएको छ ।
पेरूमा हुन लागेको एसिया प्यासेफिक बैठकमा भाग लिन जाने क्रममा अाबेले अमेरिकामा ट्रम्पसँग भेट गर्न लागेका हुन् । बिहीबार हुन लागेको उक्त बैठकबारे अझै स्पष्ट छैन । ट्रम्पले कुनै तयारी बिना नै बैठक गर्न लागेको भन्दै कतिपय अमेरिकी सञ्चारमाध्यमले चिन्ता ब्यक्त गरेका छन् ।

एक जापानी अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई भने  बैठकका बारे अझै धेरै अन्यौलता छ । जापानी प्रधानमन्त्रीसँगको बैठकमा ट्रम्प पक्षबाट कुन–कुन अमेरिकी सहयोगी बस्ने हुन् भन्ने बारे पनि स्पष्ट छैन । ट्रम्पले अझै औपचारिक रुपमा राष्ट्रपतिको कार्यभार शुरू गरेका छैनन् । अनौपचारिक रुपमा यस्तो किसिमको उच्चस्तरीय भेट विरलै हुने गरेको बिबिसीले बताएको छ ।

चुनाव जितेपछि ट्रम्पले आफ्ना उग्रराष्ट्रवादी अडानबाट केही पछि हटे पनि उनको कार्यकालमा दोस्रो विश्वयुद्धपछि अमेरिकाले विकास गरेको विदेश नीतिले निरन्तरता पाउँछ वा पाउँदैन भन्ने बारे अझै स्पष्ट छैन । जापान र अमेरिका सुरक्षा साझेदार हुन र दोस्रो विश्वयुद्धदेखि नै जापानमा अमेरिकी सैन्य अखडा छ । अमेरिकी सेनालाई सुरक्षाका निम्ति आफ्नो भूमिमा राख्न जापानमा खर्च नबढाए उनीहरुलाई फिर्ता बोलाउन सक्ने ट्रम्पले बताएका छन् । अहिले जापानले अमेरिकी सैनिकका लागि १.७ अर्ब डलर खर्च गर्छ ।

अमेरिका र जापान दुवै देश चीनप्रति सशंकित छन् । तर उनीहरु सशंकित हुने कारण भने फरक छन् । ट्रम्पको बुझाइमा चीनले ‘आउटसोर्सिंङ’को नीति मार्फत अमेरिकी जनताको जागिर ‘चोरेको’ र ब्यापार तथा विभिन्न सम्झौताको दुरुपयोग गर्ने गरेको छ । तर, जापानी प्रधानमन्त्री अाबेको चिन्ता भने फरक छ । जापानले नियन्त्रण गरेका टापुमा बढ्दो चिनियाँ धम्की उनको प्रमुख चिन्ता हो ।

त्यस्तै अन्तर्रा्ष्ट्रिय व्यापारका सम्वन्धमा पनि दुई नेताबीच फरक मत छ । निर्यातमुखी अर्थतन्त्रमा जापानले समृद्धि हासिल गरेको छ । आफ्ना सामानका लागि अमेरिकी बजार खुला होस् र अन्य देशले पनि खुला गरून् भन्ने जापान चाहन्छ। तर जापानी आयातप्रति ट्रम्प सकारात्मक छैनन् । चीनको प्रभाव रोक्न अन्य देशसँग गर्न लागिएको ‘ट्रान्स प्यासेफिक ट्रेड डील’बाट समेत हात झिक्ने ट्रम्पले बताइसकेका छन् ।

तपाईको प्रतिक्रिया