Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ – प्रधानमन्त्रीको सचिवालयमार्फत उद्धार भइ नेपाल फर्किएका साउदी अरेबियामा अलपत्र एक युवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी धन्यवाद दिएका छन् ।

pm

स्याङ्जा चण्डिकालीका घर भई पोखरामा बस्दै आउनुभएका ३९ वर्षीय भोजराज आचार्य वैदेशिक रोजगारीका लागि २०७२ फागुन ७ गते साउदी अरेबियाको रियादमा जानुभएको थियो तर, रियादको मुसारी अल्मोसारी कम्पनी बन्द भएपछि उहाँ अलपत्र पर्नुभएको थियो ।

अलपत्र पर्नुभएका आचार्यले दुई महिनाअघि प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी आफूलाई उद्धार गर्न अनुरोध गर्नुभएको थियो ।

आचार्यको अनुरोध र प्रधानमन्त्रीको निर्देशनपछि सचिवालयले उहाँको परिवारलाई बोलाएर उद्धारको प्रक्रिया अगाडि बढाएको थियो । श्रम तथा परराष्ट्र मन्त्रालयसँग समन्वयमा गत कात्तिक २९ गते आचार्यलाई नेपाल ल्याइएको थियो ।

बिहीबार आचार्यले प्रधानमन्त्री दाहाललाई सिंहदरबारमा भेटी आफूलाई बचाएर नेपाल ल्याएकामा नेपाल सरकार र प्रधानमन्त्रीको सचिवालयलाई धन्यवाद दिनुभयो । भेटमा प्रधानमन्त्री दाहालले सरकार विदेशमा रहेका नेपालीका समस्याप्रति संवेदनशील रहेको भन्दै अब उच्च मनोबलका साथ नेपालमै काम गर्न आचार्यलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया