Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

मकवानपुर – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई केही व्यक्तिको नेता भन्दा पनि सिङ्गो पार्टीको नेता बन्न आग्रह गर्नुभएको छ ।मकवानपुरको हेटौंडामा बिहीबार भएको कार्यकर्ता भेटघाटमा उहाँले पार्टीभित्रको गुटलाई अन्त्य गरेर सिङ्गो पार्टीको नेता बन्न आग्रह गर्नुभएको हो ।

अहिले पार्टी सभापतिको प्रतिस्पर्धा पार्टी भित्र नै भएको भन्दै नेता पौडेलले यसले पार्टीलाई घाटा हुनेमा सचेत हुन पनि आग्रह गर्नुभयो ।अबको एक बर्ष भित्र स्थानीय निकाय, प्रदेश र केन्द्रको चुनाव नगरे अहिलेसम्मका सबै उपलब्धी गुम्ने खतरा बढेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया