Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – मलेशियामा सम्पन्न एएफसी सोलिडारिटि कप फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्कंदैछ । champions-nepal-1

हिजो भएको फाइनल खेलमा मकाउलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । नेपाली टोली बुधबार राति साढे आठ बजे मालिनदो एयरको विमानबाट काठमाडौं आउने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपालले एसियाका सात राष्ट्र सहभागी उक्त प्रतियोगिताको पहिलो पटक उपाधि हात पारेको थियो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फा लगायत खेलकुद मन्त्रालयका अधिकारीले बिमानस्थलमा स्वागत गर्नेछन् ।

विजेता नेपाली टोलीलाई सरकारले जनही ३–३ लाख दिने घोषणा यसअघि नै गरिसकेको छ ।

तपाईको प्रतिक्रिया